कैलाली र कञ्चनपुरमा रासानियक मलको हाहाकार

धनगढी, कञ्चनपुर र  टीकापुर – सुदूरपश्चिम प्रदेशको अन्न भण्डारका रूपमा रहेका तराईका कैलाली र कञ्चनपुरका किसानले सिजनका बेला जहिल्यै मलका लागि सास्ती बेहोर्नुपरेको छ । एक पटक रासानियक मलको प्रयोग भइसकेको खेतमा बालीपिच्छे प्रयोग नगर्दा उत्पादकत्व घट्ने भएकाले किसानलाई बाली लगाउने समयमा सधैं मलको चिन्ता हुन्छ । मल नपाउँदा उत्पादकत्व घट्दै गएको कैलाली फूलबारीका गणेश बमले बताए ।

maya metro hospital

‘रासायनिक मल एकपटक प्रयोग भइसकेको खेतलाई हरेकपटक मल चाहिन्छ,’ उनले भने, ‘सरकारले कहिल्यै पनि सजिलो गरी मल उपलब्ध गराउन्न ।’ चार बिघा खेतका लागि सहकारीबाट कहिल्यै पर्याप्त मल पाउन नसकेको उनले गुनासो गरे ।

citizen security services

यसपटक पनि उनी गहुँ बालीका लागि गाउँको सहकारी संस्था धाएका धायै छन् । तर मल आउने निश्चित छैन । संघीय सरकारले आवश्यकताभन्दा कम मल किन्ने भएकाले किसानलाई सहज रुपमा पुर्‍याउन नसकिएको मल आपूर्ति गर्ने संस्था कृषि सामग्री कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय धनगढीका प्रमुख नवलसिंह बोगटीले बताए । ‘हामी सधैं प्रदेशका लागि आवश्यक मलको माग राख्छौं,’ उनले भने, ‘माग गरेको परिमाणको तेस्रो भाग पनि पाउँदैनौं ।’

attariya hospital

प्रदेश कार्यालयले गहुँ खेतीका लागि कम्तीमा ६ हजार टन डीएपी र युरिया माग गरेको थियो । अहिलेसम्म ७४५ टन आएको छ । अब बाँकी साढे सात सय टन जति आउने सम्भावना रहेको उनले बताए । ‘६ हजार टन माग्दा १५ सय जति मल पाइरहेका छौं,’ बोगटीले भने, ‘अनि कसरी माग जति मलको आपूर्ति गर्न सकिन्छ रु’ सुदूरपश्चिमका लागि भैरहवा गोदामबाट मल आउने गरेको उनको भनाइ छ ।

भैरहवा गोदाममा ९ हजार टन मल आइपुगेकामा सुदूरपश्चिमले १५ सय टन मात्रै पाउने उनले बताए । कृषि सामग्री कम्पनीले यो वर्ष मल नै कम खरिद गरेको उनको भनाइ छ । देशभरका लागि २५ हजार टन मल खरिद गर्दा सुदूरपश्चिमको पनि कोटा कम छुट्याइएको बोगटीको भनाइ छ । कैलालीका लागि मात्रै डीएपी १२ हजार र युरिया १० हजार टन मल चाहिने उनले जनाए । ‘अहिले धनगढीको गोदाम घर रित्तिएजस्तै छ,’ उनले भने, ‘गोदाममा जम्मा २१ टन डीएपी छ । किसानलाई बाँड्न खोज्दा लुछाचुँडी हुने भएकाले यति स्टक राखिएको हो ।’

किसानले गहुँ छर्नै पाएनन्

जानकी गाउँपालिका–६ का किसान जोगबहादुर चौधरीको खेत बाँझै छ । धानपछि गहुँ लगाउने योजनामा रहेका उनले मल नपाएपछि गहुँ छर्न पाएका छैनन् । गहुँ लगाउने समय जान थाले पनि मल नपाएपछि जोगबहादुर जस्तै यहाँका धेरैजसो किसानले गहुँ खेती गर्न नपाएका हुन् । ‘गहुँका लागि छोडिएको जग्गामा भेडाबाख्रा चर्छन् । कृषि प्राविधिकले मंसिर १५ भित्र गहुँ लगाइसक्नुपर्ने भन्छन् । तर मल अभाव हुँदा गहुँ लगाउने समय नै जान थालिसक्यो,’ चौधरीले भने । बोगटीले भने मल आउन कम्तीमा एक साता लाग्ने बताए । साल्ट ट्रेडिङमा पनि चालु आर्थिक वर्षमा डीएपी नआएको र ७ सय ८ युरिया र १ सय १२ टन पोटास आएकोमा त्यो सकिइसकेको उनले जानकारी दिए ।

कञ्चनपुरमा पनि कोटाभन्दा कम मल आयात भएका कारण किसानले सधैं मल अभाव झेल्नुपरेको छ ।

यहाँ रासायनिक मल आपूर्ति गर्ने कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङमा माग गरेभन्दा निकै कम मल आएको छ । जसका कारण सहकारीहरूलाई न्यून मात्रामा मल वितरण भइरहेको छ । एउटा सहकारीलाई १५/२० बोरासम्म वितरण भइरहेको छ । ‘मल कम आएका कारण सबैलाई थोरैथोरै वितरण गरिरहेका छौं,’ कृषि सामग्री कम्पनी लिमिटेड महेन्द्रनगरका प्रमुख बलबहादुर शाहले भने, ‘कोटाअनुसार आएको छैन ।’ गहुँको सिजनका लागि डीएपी र युरिया ५/५ सय टनको कोटा भए पनि अहिले युरिया ३९० र डीएपी २४७ टन मात्रै आएको उनको भनाइ छ  ।

– यो खवर कान्तिपुर दैनिकका लागि मोहन बुडाऐर, भवानी भट्ट, गणेश चौधरीले लेखेका छन ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.