अछाम बस दुर्घटना अपडेट : मृतकको पहिचान खुल्यों

धनगढी – अछाममा भएको बस दुर्घटनामा मृत्यु भएकाको पहिचान खुलेको छ । सुदूरपश्चिम प्रदेश ट्राफिक कार्यालय अत्तरियाका अनुसार बस दुर्घटनामा अछामको मंगलसेन नगरपालिका वडा नम्बर १४ का ५७ वर्षीय टंकबहादुर भण्डारी र वडा नम्बर १ का २१ वर्षीय एकेन्द्र थापाको मृत्यु भएको हो ।

घटनास्थलमा खटिएका जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी निरीक्षक गंगादत्त बडूले बसमा ३८ जना सवार रहेकोमा दुई जनाको मृत्यु भएको र अन्यको जिल्ला अस्पताल र बयलपाटा अस्पतालमा उपचारका लागि पठाइएको बताए ।

अछाम सदरमुकाम मंगलसैनबाट धनगढीका लागि छुटेको ना ६ ख ८२९ नम्बरको बस मंगलसैनकै डाँडाबाघ भन्ने ठाउँमा दुर्घटना भएको थियो ।

 

maya metro hospital
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.