अछाममा बस दुर्घटना हुँदा २ जनाको मृत्यु
अछाम – अछाममा बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । मंगलसैनबाट धनगढीका लागि छुटेको ना६ख ८२९ नम्बरको बस कैलाश खोला नजिकै दुर्घटना हुँदा २ जनाको मृत्यु भएको हो ।

दुर्घटनामा मृत्यु भएकाहरुको पहिचान नखुलेको सुदूरपश्चिम ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।

कार्यालयका अनुसार दुर्घटनामा ३६ जना घाइते भएका छन । घाइतेको अहिले उद्धार गर्ने काम जारी रहेको प्रहरीले जनाएको छ ।
