एमाले सचिवमा लेखराज भट्ट निर्वाचित
धनगढी – नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशनमा नयाँ नेतृत्वका लागि सचिव पदमा उम्मेदवारी दिएका लेखराज भट्ट विजयी भएका छन । एमालेमा ७ जना सचिव रहने व्यवस्था भएपनि ९ जनाको उम्मेदवारी परेपछि चुनाव भएको थियो ।
भट्टले १७०४ मत ल्याउँदै एमालेको सचिवमा विजयी भएका हुन ।
यसअघि बन्दसत्रमा केपी शर्मा ओलीले पदाधिकारीको टिम सार्वजनिक गर्दा सचिव पदमा भट्टको नाम थियो ।
एमाले सचिवमा गोकर्ण विष्ट १९७६, योगेश भट्टराई १९६४, पद्मा अर्याल १८००, छविलाल विश्वकर्मा १८००, लेखराज भट्ट १७०४, टोप बहादुर रायमाझी १७००, रघुविर महासेठ १५१३ मत सहित विजयी भएका छन ।
भिम आचार्य १३००, टंक कार्की ५०० मत ल्याएका दुवै जना पराजित भएका छन । त्यस्तै अध्यक्ष पदमा केपी शर्मा ओली र भीमबहादुर रावल बीच प्रतिस्पर्धा भएकोमा ओली विजयी भएका थिए ।
उपाध्यक्षमा युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, रामबहादुर थापा बादल, विष्णु पौडेल, सुवासचन्द्र नेम्वाङ निर्वाचित भएका छन भने र घनश्याम भुसाल पराजित भएका छन ।
नेकपा एमालेका वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेलसहित पाँच पदाधिकारी भने निर्विरोध निर्वाचित भएका थिए ।
महासचिव पदमा शंकर पोखरेल, प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरूङ र विष्णु रिमाल, उपमहासचिव प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ र विष्णु रिमाल निर्विरोध निर्वाचित भएका छन ।