डडेल्धुराका कांग्रेस नेता तथा कार्यकर्ताले सानेपामा सुरु गरको अनसन स्थगित
धनगढी – नेपाली कांग्रेस डडेल्धुराका नेता तथा कार्यकर्ताले पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु गरको अनसन स्थगित भएको छ । सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुराका असन्तुष्ट कांग्रेस नेता कार्यकर्ताले २ साता अघि रिले अनसन सुरू गरेका थिए ।
उपसभापति विमलेन्द्र निधिको उपस्थितिमा असन्तुष्ट पक्षले अनशन स्थगित गरेका हुन ।
निर्वाचन समितिले अधिवेशन बदर गर्न नसकिने निर्णय सोमबार सुनाएको थियो । उक्त निर्णयलाई असन्तुष्ट पक्षले ‘विवादस्पद निर्णय’ भनेको छ ।
निवर्तमान जिल्ला सभापति कर्णबहादुर मल्ल पक्षले डडेल्धुराको अधिवेशनलाई अस्वीकार गर्दै निर्वाचन समितिमा उजुरी दर्ता गर्ने भएको छ । वडादेखि जिल्ला तहसम्मको अधिवेशन बदर गरि पुनः अधिवेशन गर्न मल्ल पक्षले माग गर्दै आएको छ ।
संस्थापन इतरका नेताहरू पुनः अधिवेशनको पक्षमा भएपनि संस्थापन पक्षले एकतर्फी जिल्ला अधिवेशन गरेको थियो ।
