एमाले महाधिवेशन : मतगणना सुरु
धनगढी – नेकपा एमालेको १० औँ महाधिवेशनमा नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना सुरु भएको छ । केहीबेर अघिबाट भएको मतदानको परिणाम दुई घण्टामा आउने बताइएको छ ।

आजै सम्पन्न भएको मतदानमा कुल २ हजार १५३ मतदातामध्ये २ हजार ९६ जनाले मत दिएका थिए । यो पटक विद्युतीय मेसिनबाट मतदान गरिएको छ । अध्यक्षमा केपी शर्मा ओली र भीम रावलको प्रतिस्पर्धा छ ।
