देशभर २५९ कोरोना संक्रमित थपिए 

 

काठमाडौं – नेपालमा थप २५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । गत २४ घण्टामा आरटी–पीसीआर र एन्टिजेन बिधिबाट ९ हजार ८८८ जनाको नमूना परीक्षण गर्दा सोमबार २५९ जनामा संक्रमण पुष्टि भएको हो ।

maya metro hospital

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ७ हजार २३१ जनाको पीसीआर र २ हजार ६५७ जनाको एन्टिजेन परीक्षण गरिएको थियो ।

joshi vada pasal 2

पीसीआर परीक्षणबाट २४३ जना र एन्टिजेन परीक्षणबाट १६ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

२४ घण्टाको अवधिमा देशका विभिन्न ठाउँमा गरी १ जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ । हालसम्म कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ५२४ पुगेको छ ।

गत २४ घण्टामा २६४ जना कोरोना भाइरसको संक्रमणबाट मुक्त (निको) भएका मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका अनुसार हाल देशभर हाल ६ हजार ९४४ जना सक्रिय संक्रमित रहेका छन् ।

 

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.