
बाजुरा – बाजुरामा भएको जीप दुर्घटनामा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा बडीमालिका नगरपालिका – १ का २४ वर्षीय भिमबहादुर दानीको मृत्यु भएको हो ।
सदरमुकाम मार्तडीबाट जडाङ्गातर्फ जाँदै गरेको से १ ज ९६० नम्बरको जीप दुर्घटना हुँदा घाइते भएका दानीको उपचारका क्रममा धनगढी ल्याउने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । उनी सोही जीपका सहचालक हुन ।


















