कांग्रेस दार्चुलाको सभापतिमा बोहरा विजयी

धनगढी – नेपाली कांग्रेस दार्चुलाको सभापतिमा ललितसिंह बोहरा विजयी भएका छन् । प्रतिद्धन्दी अमरसिंह धामीलाई पराजित गर्दै बोहरा विजयी भएका हुन ।

maya metro hospital

बोहरा ६ सय २० मत प्राप्त गर्दा उनका प्रतिद्वन्द्वी अमरसिंह धामीले ३ सय ९ मत प्राप्त गरेका थिए ।चुनावमा कुल ९ सय ५६ मत खसेको थियो । बोहरा दोस्रो कार्यकालका लागि सभापतिमा विजयी भएका हुन ।

citizen security services

यस्तै उपसभापतिमा ललितसिंह ठगुन्ना र महादेब बडु (कस्यप) विजयी भएका छन् ।

attariya hospital

सचिवमा पुलेन्द्रबहादुर कार्की र माधवराज भट्ट विजयी भएका छन् भने सहसचिवमा राजु अवस्थी र राजेन्द्रप्रसाद जोशी विजयी भएका छन् ।

dhangadhi krishi mela
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.