धनगढी – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूले भनेको नमान्दा केपी शर्मा ओलीको प्रधानमन्त्री पद गुमाउनु परेको बताएका छन ।
कैलालीको भजनी नगरपालिकाको प्रशासकीय भवन उद्घाटन कार्यक्रममा बोल्दै प्रचण्डले आफूले भनेको केही काम नगर्ने ओलीले कसम खाएकाले अहिले बालुवाटार बाट बालकोट पुगेको बताए ।


प्रचण्डले भने, ‘मैले भन्याजति केही काम नगर्ने कसम खाए केपी ओलीले । त्यही भएर उनी बालुवाटारबाट बालकोट पुगे । अहिले सातै प्रदेशबाट सरकारबाट हात धुनुप-याछ ।’
उनले आफू अहिले प्रधानमन्त्री पदमा नभए पनि प्रधानमन्त्रीभन्दा कम नभएको बताए । उनले भने, ‘हुन त अहिले म प्रधानमन्त्री छैन । तर प्रधानमन्त्रीभन्दा कम पनि छैन ।’
सम्बन्धित समाचार : जरुरी परे एक स्टेप अगाडी बढेर अदालतको समस्या सामाधान गर्छौ : प्रचण्ड



















