खाेज्नुहाेस

डडेल्धुरामा अधिवेशन अवैध भएको भन्दै विरोध र्‍याली

Image
डडेल्धुरा – अवैध ढंगले सातौं जिल्ला अधिवेशन सम्पन्न गरेको भन्दै नेपाली कांग्रेस डडेल्धुराको असन्तुष्ट पक्षले विरोध गरेको छ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा सोमबार जिल्ला अधिवेशन भएको थियो ।
attariya hospital
अधिवेशनबाट परशुराम नगरपालिकाका नगर प्रमुखसमेत रहेका भीमबहादुर साउद सभापति बनेका छन् । निवर्तमान सभापति कर्णबहादुर मल्ल पक्षले अधिवेशन अवैध भएको भन्दै मंगलबार जिल्ला सदरमुकाममा मोटरसाइकल ¥याली निकालेको छ । मल्ल पक्षका नेता कार्यकर्ताले कालो झण्डासहित देउवाविरुद्ध चर्का नारा लगाउँदै मोटरसाइकल ¥याली निकालेका हुन् ।
navjiwan hospital
‘शेरबहादुर देउवा मुर्दावाद’, ’निकम्मा निर्वाचन समिति मुर्दावाद’, ’तानाशाह मुर्दावाद’, ’हाम्रो उजुरीमाथि निर्णय गर’, ’नेपाली कांग्रेस जिन्दावाद’, ’कर्ण मल्ल जिन्दावाद’ लगायत नारा लगाएका थिए । निवर्तमान सभापति मल्लले जिल्लामा भएका सबै अधिवेशन अवैध भएको दाबी गर्दै केन्द्रीय निर्वाचन समितिमा उजुरी दर्ता गराइसकेका छन् ।
सभापति मल्ललगायत नेता कार्यकर्ता मंसिर १ गतेदेखि राजधानी काठमाडौंस्थित सानेपास्थित केन्द्रीय कार्यालयमा अनशनरत छन् ।
हटाइएका क्रियाशील सदस्यता कायम गर्नुपर्ने, अवैधानिक ढंगले थपिएका क्रियाशील सदस्यता खारेज गर्नुपर्ने, डडेल्धुराका सबै अधिवेशन बदर गर्नुपर्ने र वैधानिक रूपमा अधिवेशनको नयाँ मिति तय गर्नुपर्नेलगायत माग मल्ल पक्षको छ ।
जिल्लाले पठाएका क्रियाशील सदस्यमध्ये ४ सय ६० जना बिनाकारण हटाइएको र समायोजन भएका सय जनासहित ४ सय १२ नयाँ सदस्य एकपक्षीय रूपमा थपिएको मल्ल पक्षको दाबी छ ।