अत्तरिया – नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत कैलाली क्षेत्र नम्बर ४ को क्षेत्रिय कार्यसमिति लागि भएको चुनावको मतगणना जारी छ ।
जसअनुसार दिउँसो २ः३० सम्मको सभापति पदको मतपरिणाम अनुसार सभापतिका उम्मेदवार बसन्त रोकायाले २ सय २९ मत पाएका छन भने उनका प्रतिद्धन्दी दिनेश राज जोशीले १ सय ७३ मत पाएका छन ।


पछिल्लो परिणाम अनुसार सभापति पदमा दुवै बिचको मतान्तर बढ्दै गएको छ । ४ सय मतगणना हुँदा २९ मतान्तर रहेकोमा अहिले ४ सय ५० मत गन्दा मतान्तर ३५ पुगेको छ । मतगणनाको सुरुमा दुवै बिच झिनो मात्रै मतान्तर रहेको थियो ।
५ सय ४९ मतदाता रहेको क्षेत्र नम्बर ४ मा ५ सय ४६ मत खसेको थियो । अब ९६ मत मात्रै गन्न बाकी रहेको छ ।
सम्बन्धित खबर : कांग्रेस कैलाली – ४ मा ७३ प्रतिशत मतगणना हुँदा रोकाया प्यानल अगाडी



















