खाेज्नुहाेस

गैरीगंगामा सामुहिक मनोसामाजिक सहयोग कार्यक्रम सम्पन्न

Image

मसुरिया – कैलालीको गौरीगंगा नगरपालिकामा सात दिने सामुहिक मनोसामाजिक सहयोग कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा सहभागीहरुलाई मनोसामाजिक सहयोग बारेमा जानकारी दिनुका साथै समस्याको सकारात्मक तरिकाले सामना गर्न र विभिन्न सिप तथा रणनीतिका बारेमा जानकारी दिइएको छ ।

सामाजिक सम्बन्ध राम्रो बनाई अन्य व्यक्तिहरूसँग सुमधुर सम्बन्ध बनाई सामाजिक संजाल स्रोत र साधनको पत्ता लगाई सहभागीहरुले आफ्नो स्वहेरचाह बारेमा सकारात्मक परिवर्तन सोच सहित जिवन उपयोगी सिप वृद्धि गरि सकारात्मक दृष्टिकोण बनाउने प्रशिक्षक तथा मनोविमर्श कर्ता कमला बुढाथोकीले बताईन ।

attariya hospital
navjiwan hospital

कार्यक्रमको समापन गर्दै वडा नं ९ का वडा अध्यक्ष हरि प्रसाद तिवारीले हरेक मानिस कुनै न कुनै रूपमा मानसिक रोगी रहेको बताउदै प्रत्येक मानिस मनोसामाजिक रुपमा स्वास्थ्य भए व्यक्तिमा सकारात्मक समाज परिवर्तन हुने विश्वास व्यक्त गरे ।  कार्यक्रम गौरीगंगा नगरपालिकाका १२ जनाको सहभागिता रहेको थियो ।

कार्यक्रमका सहभागी पार्वती बुढाऐरले समाजमा हुने परिवर्तन विकास र घरपरिवारमा परम्परादेखि ईस्याडाहा गर्ने मानविय स्वभावले अनावश्यक रुपमा पीर चिन्ता लिने अवस्थाबाट यस कार्यक्रमले आफुहरुलाई सकारात्मक परिवर्तन सोच सहित जिवन उपयोगी सिप वृद्धि गरि सकारात्मक दृष्टिकोण बनाउने अभिप्रेरित गर्ने बताईन ।