अत्तरिया – प्रहरीले कञ्चनपुरबाट खैरो हिरोइन सहित ३ जनालाई पक्राउ गरेको छ । सशस्त्र प्रहरी र नेपाल प्रहरीको सयुक्त गस्ती टोलीले जिल्लाको बेलौरी नगरपालिका – १० भुडाबाट खैरो हिरोइन सहित ३ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा बेलौरी नगरपालिका – १० शिवनगर बस्ने १७ बर्षिय जनक रेग्मी, भिमदत्त नगरपालिका – १ राजिपुर बस्ने २३ बर्षिय सागर कार्की र बेतकोट नगरपालिका – ८ गैल बस्ने २३ बर्षिय ज्ञानेन्द्र बिष्ट रहेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ हेड क्वाटर शैलेश्वरी कन्चनपुरले जनाएको छ ।पक्राउ परेका उनीहरुको साथबाट अन्दाजी ६ ग्राम खैरो हिरोइन बरामद गरिएको छ ।

प्रहरीका अनुसार उनीहरुलाई सीमा ईलाकाबाट नेपालतर्फ आईरहेको मोटरसाईकलमा शंका लागि चेकजाँच गर्दा रेग्मीको साथबाट खैरो हिरोइन बरामद गरिएको थियो ।
प्रहरीले तिनै जनालाई पक्राउ गरी मोटरसाइकल सहित आवश्यक कानूनी कारवाहीको लागि ईलाका प्रहरी कार्यालय बेलडाँडी बुझाएको जनाएको छ ।




















