अत्तरिया – सेती प्रादेशिक अस्पतालमा गरिएको कोरोना परिक्षणमा थप २ जना कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ७९ नमूनाको पीसीआर बिधिबाट कोरोना परिक्षण गर्दा २ जनामा संक्रमण पुष्टि भएको हो ।

अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार २४ घण्टामा १ कोरोना संक्रमित उपचारका लागि अस्पताल भर्ना भएका छन ।

हाल सेतीमा ५ जना कोरोना संक्रमित उपचाररत रहेका छन । जसमध्ये एक जनाको आइसियुमा उपचार भइरहेको छ ।

















