खाेज्नुहाेस

बैतडीको मेलौली भगवती मन्दिरमा लाग्ने मेलाका लागि २ दिन बिदा 

Image

अत्तरिया – बैतडीको प्रशिद्ध मेलौली भगवती मेलाका लागि २ दिन विदा दिइएको छ । मेलौली नगरपालिकाले मेलालाई लक्षित गरी मंसिर २ र ३ गते बिदा दिने निर्णय गरेको हो ।

navjiwan hospital

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण बहादुर चन्दद्धारा हस्ताक्षरित  विदा सम्बधि एक सूचनामा नगरपालिकाको वडा नम्बर १ मा रहेको मेलौली भगवती मन्दिरमा लाग्ने मेलाका लागि सार्वजनिक संस्था, वित्तीय संस्था, विद्यालय तथा वडा कार्यालय अति आवश्यक काम बाहेक विदा दिइएको उल्लेख छ ।

attariya hospital

कार्तिक शुक्ल चतुर्दशी र पूर्णिमाका दिन लाग्ने मेला गत बर्ष भने कोरोना महामारीका कारण नगरपालिकाले नै मेला भर्न रोक लगाएको थियो ।

शक्तिस्वरुपा भगवतीका सात बहिनी मध्ये मेलौली भगवती एक बहिनीका रुपमा मानिदै आएको छ । डोटीमा शैलेश्वरी, डडेल्धुरामा उग्रतारा, बाजुरामा बडिमालिका र बैतडीमा निग्लासैनी, त्रिपुरा सुन्दरी, डिलासैनी र मेलौली भगवतीका सात बहिनी हुन् ।