अत्तरिया – कैलालीको सेती प्रादेशीक अस्पतालमा थप ८ जना कोरोना संक्रमित थपिएका छन ।

अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा ५९ जनामा गरिएको पिसिआर परिक्षणमा थप ८ जनामा संक्रमण पुष्टि भएको हो ।

अस्पतालका सुचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार पछिल्लो २४ घण्टामा १ जना कोरोना संक्रमित उपचारका लागी भर्ना भएसँगै अस्पतालमा उपचाररत संक्रमितको संख्या ५ पुगेको छ ।
यसैगरी पछिल्लो २४ घण्टामा ३ जना कोरोना संक्रमित निको भएर घर फर्किएका उनले बताए ।

















