खाेज्नुहाेस

एकैदिन १८ कोरोना संक्रमित थपिए

Image

अत्तरिया – सेती प्रादेशिक अस्पतालमा थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ८७ नमूनाको कोरोना परिक्षण गर्दा १८ जनामा संक्रमण पुष्टि भएको हो ।

navjiwan hospital

सेतीमा आइतबार कोरोना परिक्षण भएको थिएन भने शनिबार ६ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

attariya hospital

सेतीमा १ लाख १७ हजार ६ सय ९५ नमूनाको कोरोना परिक्षण गरिएकोमा हालसम्म २१ हजार २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
अस्पतालमा पछिल्लो २४ घण्टामा १ कोरोना संक्रमित उपचारका लागि भर्ना भएका छन ।

हाल अस्पतालमा ७ कोरोना संक्रमित उचारका लागि अस्पतालमा रहेको अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताएका छन । जसमध्ये २ जनाको आइसियु र १ जनाको भेन्टिलेटरमा उपचार भईरहेको छ ।