अछाम – अछामबाट एक गर्भवती महिलाको हेलिकप्टर मार्फत उद्धार गरिएको छ । पञ्चदेवल विनायक नगरपालिका – १ की मनसरा देवकोटाको हेलिकप्टर मार्फत उद्धार गरिएको हो ।

दुई पटक शल्यक्रियाबाट प्रसूति गराइएको र तेस्रो पटक प्रसूतिमा गम्भीर समस्या उत्पन्न भएपछि उनलाई राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत नेपाली सेनाको सेनाको हेलिकप्टरबाट उद्धार गरिएको जिल्ला प्रशासन कार्यालय अछामले जनाएको छ ।

हेलिकोप्टर मार्फत उनलाई कोहलपुर शिक्षण अस्पतालसम्म प्रसूति सेवाका लागि उद्धार गरिएको थियो ।



















