खाेज्नुहाेस

मोहना अत्तरिया ६ लेन सडक : ४ महिनाको अवधिमा २५ वटा सवारी दुर्घटना

Image

धनगढी – मोहना – अत्तरिया ६ लेन सडकमा दुर्घटना हुने क्रम बढेको छ । सो सडकमा ४ महिनाको अवधिमा २५ वटा सवारी दुर्घटना भएका छन । ट्राफिक प्रहरी कार्यालय कैलालीका अनुसार साउन देखि आइतबार सम्म भएका सवारी दुर्घटनामा ३ जनाको मृत्यु, ३३ जना घाइते र १४ वटा छाडा पशु चौपायाको मुत्यु भएको छ ।

navjiwan hospital

फराकिलो सडकमा दुर्घटना घट्नुको सट्टा बढेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयका सई मोहनसिंह धामीले अव्यवस्थित पार्किङ तथा अनियन्त्रित गतिले दुर्घटना बढेको बताए ।

attariya hospital

सई धामीले ६ लेनमा तीव्र गतिमा सवारी साधन गुडाइने भएकाले क्रस गर्न सहज गर्ने उद्देश्यले डिभाइडरहरू राखिएको तर, चालकले ट्राफिक नियमहरूको पालन नगर्दा र ती डिभाइडरकै कारण दुर्घटनाको जोखिम बढाएको बढाए ।