खाेज्नुहाेस

कैलालीमा मृत भेटिएका आचार्यको हत्या आरोपमा एक जना पक्राउ

Image

अत्तरिया – कैलालीमा मृत भेटिएका घोडाघोडी नगरपालिका – ४ जनकपुरका पदम आचार्यको हत्या आरोपमा एक युवा पक्राउ परेका छन ।
मोहन्याल गाउँपालिका – ४ सिम्ली खोला नजिकै मृत भेटिएका आचार्यको हत्या आरोपमा दैलेखको गुराँस गाँउपालिका – ३ खिमडीका १८ बर्षिय जिवन शाही ठकुरी पक्राउ परेका हुन ।

सिम्ली खोला नजिकै विगत १ बर्ष देखि पसल सञ्चालन गर्दै आएका आचार्य पसल पछाडी घोप्टो परेको अवस्थामा आइतबार शव फेल परेको थियो ।

attariya hospital

घटना संकास्पद भएको भन्दै अनुसन्धान गर्ने क्रममा उनको हत्या भएको खुलेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । हत्या आरोपित ठकुरी मोहन्याल गाउँपालिका –४ स्थित महरा निर्माण सेवामा सञ्चालित टिपरमा खलासीको काम गर्दै आएका थिए ।

navjiwan hospital

प्रहरीका अनुसार हत्या आरोपित ठकुरी मृतक आचार्यकै पसलमा खाना खाने गरेका थिए । ‘आचार्यले उनलाई हेपेर होच्याएर बोल्ने गरेका कारण सामान्य विवाद कै क्रममा मृतकले एक्कासी निजलाई दुई लठ्ठी हिर्काएपछि दुवै बीच हात हालाहाल भएको थियो’ कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतीक विष्टले भने ‘तछाँड मछाँड गर्दै मृतकको लाश रहेको स्थानमा पुगेपछि करिब राति ९ बजेको समयमा निज ठकुरीले रडले मृतकलाई प्रहार गर्ने बित्तिकै मृतक भुईँमा ढलेको, तत्पश्चात् ठकुरी आफ्नो सुत्ने ठाउमा गएर बिहानै भागेको रहेछ ।’ उनले ठकुरीलाई नेपालगञ्जबाट पक्राउ गरिएको बताए ।

तिहारमा निर्माणको काम रोकिएका बेला ठकुरी एक्लै निर्माण सेवाको रेखदेखमा खटिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार तत्कालको आवेश थाम्न नसकी रडले प्रहार गर्दा आचार्यको मृत्यु भएको हत्या आरोपित ठकुरीले स्विकारेका छन ।

घटनापछि जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक विश्व अधिकारी समेत घटनास्थलमा पुगेका थिए । ठकुरीलाई ज्यान सम्बन्धी कसूरमा थप अनुसन्धान जारी रहेको कैलाली प्रहरीले जनाएको छ ।