खाेज्नुहाेस

नक्कली फेसबूक आइडीबाट चरित्र हत्या गरिएको भन्दै कांग्रेस बैतडीले गर्‍यो कारवाहीको माग

Image

बैतडी – नक्कली फेसबूक आइडीबाट चरित्र हत्या गरिएको भन्दै कांग्रेस बैतडीले कारवाहीको माग गरेको छ । उक्त आइडीबाट पार्टीका जिल्ला उपसभापति चतुरबहादुर चन्दको चरित्र हत्या गरिएको आरोप लगाउँदै आसन्न अधिवेशनमा जिल्ला सभापतिका लागि उम्मेदवार रहेका चन्दको नाममा केही समयदेखि उक्त आइडीबाट चरित्र हत्या गर्ने किसिमका व्यहोरा पोष्ट भइरहेकाले कारवाहीको माग गरिएको हो ।

navjiwan hospital

केही महिनायता अनाधिकृत रुपमा फेसबूक आइडी बनाएर कांग्रेस नेताको चरित्र हत्या गर्न खोजिएको भन्दै सभापति नरेन्द्र सिंह थापाले विज्ञप्ति जारी गर्दै आपत्ति जनाएका छन् । सामाजिक सञ्जालमा आएका अनर्गल र झुटा प्रचारको पछि नलाग्न पनि उनले आग्रह गरेका छन् ।

attariya hospital

अनधिकृत रुपमा सो कार्यमा संलग्न व्यक्तिको खोजी गरी कारवाहीका लागि सम्बन्धित निकायसँग नेपाली कांग्रेसले प्रक्रिया अघि बढाइसकेको समेत विज्ञप्तिमा उल्लेख गरिएको छ । आगामी महाधिवेशनका लागि उपसभापति चन्दको नेतृत्वमा र पूर्व सभापति शिवराज भट्टको नेतृत्वमा छुट्टाछुटै समूह घोषणा गरेर प्रचारप्रसार गर्न थालिएको छ ।

सभापतिका उम्मेदवार रहेका चन्दलाई कमजोर देखाउन विपक्षी खेमाले उहाँ विरुद्ध अनाधिकृत रुपमा फेसबूक आइडी र पेज प्रयोग गरेको हुनसक्ने आशङ्का गरिएको छ ।