अत्तरिया – कैलालीको अत्तरियामा रहेको प्रतिभा सामुदायीक पुस्तकालयको अवलोकन गरिएको छ ।
नेपाल भारत मैत्री संघका वरिष्ठ उपाध्यक्ष शैलेन्द्र कुमार झा नेतृत्वको टोलीले पुस्तकालयको अवलोकन गरेको हो ।


उक्त टोलीमा तुलबहादुर साउँद, महासचिव बोधकृष्ण सुवेदी, उपाध्यक्ष हरिशंकर ठाकुर, केन्द्रिय सदस्य जागृति बोगटी, अत्तरिया उपशाखा सभापति हरिप्रसाद ओझा, सचिव रतनबहादुर कार्की, सदस्य लल्लनकुमार चौवे लगायत सहभागी रहेको थिए ।
अवलोकन पश्चात नेपाल भारत मैत्री संघमा आमन्त्रित केन्द्रिय सदस्य समेत रहेका पुस्तकालयका अध्यक्ष पुष्पराज जोशीले नेपाल भारत मैत्री संघका वरिष्ठ उपाध्यक्ष झा लाई प्रतिभा सामुदायिक पुस्तकालयको मुखपत्र प्रतिभा अंक – २ हस्तान्तरण गरेका थिए ।

















