खाेज्नुहाेस

धनगढीबाट झण्डै ९ लाख अबैध रकम र गहना सहित ३ जना पक्राउ 

Image

अत्तरिया – प्रहरीले धनगढीबाट झण्डै ९ लाख अबैध रकम, सुन र चाँदीका गहना सहित ३ जनालाई पक्राउ गरेको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायल र जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले धनगढी उप–महानगरपालिका – ४ स्थित होटल अमन प्लाजामा बसेका बझाङ्गको मष्टा गाउँपालिका – १ कोटदेवल बस्ने २२ वर्षीय मुकेश खड्का, १८ वर्षीय किरण खड्का र २४ वर्षीय नारायण खड्का पक्राउ परेका हुन ।

पक्राउ परेका उनीहरुको साथबाट श्रोत नखुलेको अवैध नेपाली ८ लाख ६९  हजार, भारतीय ३ हजार २ सय, सुनका जस्तो धातुका विभिन्न गरगहना  ३४.३६० ग्राम र चाँदी जस्तो धातुका विभिन्न गहना र समानहरु  ७३७.८७ ग्राम  बरामद गरिएको जिल्ला प्र्रहरी कार्यालय कैलालीले जनाएको छ ।

attariya hospital
navjiwan hospital

उनीहरुलाई गौप्य सूचनाका आधारमा कार्तिक १२ गते साँझ पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

बरामद गरिएको रुपैयाँ र गरगहना सोमबार आवश्यक कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय कोहलपुर बाँके पठाएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।