दार्चुला – फागलामा खर काट्ने क्रममा भीरबाट लडेर दार्चुलामा एक महिलाको मृत्यु भएको छ । महाकाली नगरपालिका – २ बडालीगाउँकी अन्दाजी ५२ वर्षीय लालुदेवी बडालको आइतबार भीरबाट लडेर मृत्यु भएको हो ।

घर नजिकैको फागलामा खर काट्न गएकी बडालको भीरबाट करिब डेढ सय मिटर तल खस्दा घटनास्थलमै मृत्यु भएको स्थानीय मोहन सिह बडालले बताएका छन ।

दार्चुलामा खर काट्ने क्रममा भीरबाट लडेर वर्षेनी दर्जन बढीले अकालमै ज्यान गुमाउने गर्दछन् ।

















