अत्तरिया – सुदूरपश्चिम प्रदेशमा थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ५ सय ३९ नमूनाको कोरोना परिक्षण गर्दा १६ जनामा संक्रमण पुष्टि भएको हो ।

एन्टिजेन बिधिबाट ४ सय ४५ नमूनाको कोरोना परिक्षण गर्दा ३ जना र पीसीआर बिधिबाट ६४ नमूनाको कोरोना परिक्षण गर्दा ४ जना र पीसीआर बिधिबाट ९४ नमूनाको कोरोना परिक्षण गर्दा १२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ ।

यो संगै प्रदेशमा कोरोना संक्रमितको संख्या ४७ हजार ६ सय १५ पुगेको छ ।


















