अत्तरिया – बाढीपहिरो पिडित र कृषकलाई यथासक्य राहत उपलब्ध गराउन सुदूरपश्चिम प्रदेशको भुमि, व्यवस्था तथा कृषि मन्त्रालय र कैलाली जिल्ला प्रशासन कार्यालयलाई माग गरिएको छ ।
हाम्रो नेपाल हामी नेपाली, भ्रष्ट्राचार विरुद्धको महाअभियानले आईतबार ज्ञापन पत्र बुझाउदै अविरल वर्षाका कारण मारमा परेमा बाढीपहिरो पिडित र कृषकहरुलाई छिटो राहत उपलब्ध गराउन माग गरेको हो ।


अभियानका सुदूरपश्चिम संयोजक हिरा सिँह बोहरा र सुदूरपश्चिम सुरक्षा विभाग प्रमुख खगेन्द्र नाथ योगी लगायतको टोलीले कृषि मन्त्री विनिता चौधरी र प्रमुख जिल्ला अधिकारी किरण थापालाई ज्ञापन पत्र बुझाउदै उल्लेखीत मागहरु चाडो भन्दा चाडो पुरा गर्न आग्रह गरेका छन ।
‘बेमौषमी वर्षाले मुलुकभरी नै धनजनको अपुरणिय क्षती पु-याएको छ । यसैक्रममा सुदूरपश्चिम प्रदेशले पनि धेरै क्षती बेहोर्नुपरेको छ । किसानका बालीनाली मा पुर्ण रुपमा क्षती पुगेको छ भने कयौका घर नदी कटान र डुबानमा परी गासबास बाट नै बञ्चित हुन पुगेको छ’ ज्ञापन पत्रमा भनिएको छ ‘यसर्थ सरकारले राज्यको भुमिका निर्वाह गर्दै आपतकालीन विपत व्यवस्थापन कोषलई जतिसक्दो छिटो भेदभावरहित तरिकाबाट सम्पुर्ण परिवारलाई राहत उपलब्ध गराई पाउँ भनी सम्बन्धीत निकायको ध्यानाकर्षण गराउदछौ ।’
यसका साथै ज्ञापन पत्रमा सबैलाई सामाजिक दायीत्व निर्वाह गरि पिडितलाई सहयोग गरिदिन हुन आग्रह गरिएको छ ।


















