कञ्चनपुर – नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल र नेपाल सरकारका कानुन, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्र प्रसाद बडुले कञ्चनपुरका विभिन्न स्थानमा बाढीग्रस्त क्षेत्रको स्थलगत निरीक्षण गरेका छन । शनिबार कञ्चनपुरका विभिन्न क्षेत्रको स्थलगत निरीक्षण गर्दै नेता पौडेल र मन्त्री बडुले पीडितका लागि छिट्टै राहत प्याकेज ल्याउने आश्वासन दिएका छन ।

वरिष्ठ नेता रामचन्द्र पौडेलले बाढी, पहिरो र डुबानबाट मुलुकले ठूलो क्षति व्यहोर्नु परेकाले पीडित नागरिकलाई राहत पुग्ने गरी राहत प्याकेज ल्याउन सरकारको ध्यानाकर्षण गराउने बताए ।

त्यस्तै, मन्त्री बडुले पीडित नागरिकको घाउमा मल्हम लगाउने गरी योजनाबद्ध ढङ्गले राहत र पुनर्स्थापनाका कार्यमा सरकार केन्द्रित भएको बताए ।
















