खाेज्नुहाेस

कञ्चनपुरमा जंगली हात्तीको आक्रमणबाट २ जनाको मृत्यु

Image

कञ्चनपुर – कञ्चनपुरमा जंगली हात्तिको आक्रमणबाट दुई जनाको मृत्यु भएको छ ।

navjiwan hospital

जिल्लाको शुक्लाफाटा नगरपालिका–१२ बसन्तपुरमा जंगली हात्तीको आक्रमणबाट सोही ठाउँ बस्ने ५५ वर्षीय ध्वज बहादुर कार्की र उनी श्रीमती ४५ वर्षीया मथुरा कार्कीको मृत्यु भएको हो ।

attariya hospital

स्थानीय डिलाशैनी सामुदायिक वनबाट आएका करिब १६ वटा जंगली हात्तीहरुको बथान गाउँमा पसेपछि घरबाट बाहिर निस्केर भाग्ने क्रममा हात्तीले लखेटी आक्रमण गर्दा दुवै जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

शुक्लाफाटा, सौराहा, कोसी, बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्र आसपासका बासिन्दाहरु हरेक वर्ष जंगली हात्तीको आक्रमणमा पर्ने गरेका छन् ।