खाेज्नुहाेस

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा महिला हिंसाका घटना बढ्दै

Image

कञ्चनपुर – शुक्लाफाँटा नगरपालिकामा महिलामाथि हुने हिंसाका घटना बढ्दै जान थालेका छन् । ती मध्ये मदिराका कारण घरेलु हिंसाका घटना बढी रहेको बताइएको छ ।

‘सेफ हाउसमा अधिकांश महिला मदिरा सेवन गरी श्रीमानले हिंसाको समस्या लिएर पुग्ने गर्दछन्’ सेफ हाउसका मनोविर्मसकर्ता द्वारिका कुँवरले भनिन्, ‘कुटपिट गर्ने, गालीगलौच गर्ने, मानसिक प्रताडनामा पार्ने लगायतका कार्य महिलामाथि हुने गरेको पाइएको छ ।’

attariya hospital

उनका अनुसार महिलामाथि शंका उपशंका गरी कुटपिट र वादविवाद भई महिलालाई प्रताडना गर्ने गरिएको छ । हिंसा पीडित २८१ महिलालाई सेफ हाउसबाट सेवा प्रदान गरिएको छ ।

navjiwan hospital

ती मध्ये महिला २७६ र बालिका पाँच छन् । प्रहरीसँग सहकार्य गरी ५० महिलालाई न्याय प्रदान गरिएको छ । सेफ हाउसमा पुगेका उजुरीमा घरेलु हिंसाका ७८, जबर्जस्ती करणीका छ, कुटपिटका ५५, बहुविवाहका १७, वादविवादका ३०, चरिचरनका २०, जालसाजीका १०, भिडासानीका तीन र बालविवाहका ३० छन् ।

यसैगरी, अलपत्र परेका १२ व्यक्तिको उद्धार गरी सम्बन्धित निकायमा पु–याइएको छ । सेफ हाउसमा पीडित भई पुगेका २० महिलालाई मनोविर्मश सेवासमेत प्रदान गरिएको छ । गत साउन, भदौ र असोजमा गरी ५० महिला माथि हिंसाका घटनाका उजुरी सेफ हाउसमा आएका बताइएको छ ।

सेफ हाउस सञ्चालन समितिका अध्यक्ष पुष्पा केसीले भनिन्, ‘प्राप्त धेरै उजुरीमा प्रहरीसँग सहकार्य मिलापत्र गराइँदै आएको छ । जबर्जस्ती करणी, बालविवाह, बहुविवाहलगायतका उजुरी न्यायिक निकायमा पु–याइ पीडितलाई न्याय दिलाउने काम हुँदै आएको छ ।’ उनका अनुसार केही उजुरीमा महिलाबाट पुरुषसमेत पीडित रहेको पाइएको छ ।

रासस