खाेज्नुहाेस

कैलालीमा जबरजस्तीकरणी उद्योगका फरार प्रतिवादी पक्राउ

Image

अत्तरिया – कैलालीमा जबरजस्ती करणी उद्योगका फरार प्रतिवादी पक्राउ परेका छन ।

navjiwan hospital

जिल्लाको गौरीगंगा नगरपालिका – १ गोप्काका करिब ३८ वर्षिय केशव चौधरीलाई प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय कैलालीका ईन्स्पेक्टर प्रेम बहादुर खड्काका अनुसार जबरजस्ती करणी उद्योगमा २ वर्ष अगाडी जेलसजाय पाएका उनी फरार रहेका थिए ।

attariya hospital

‘जबरजस्तीकरणी उद्योगमा पक्राउ परेका चौधरी धरौटीमा रिहा भएका थिए’ ईन्स्पेक्टर खड्काले भने ‘त्यसपश्चात उनलाई अदालतले ४ वर्षको जेल सजाय तोकेको थियो, त्यसबेला देखी उनि फरार थिए ।’

ईलाका प्रहरी कार्यालय मालखेती अन्तरगत रहेको चौमाला प्रहरी कार्यालयले उनलाई शनिबार बिहान पक्राउ गरेको ईलाका प्रहरी कार्यालय मालाखेती अत्तरियाका प्रहरी नायब उपरिक्षक प्रेम बहादुर शाहीले बताए ।