सुदूरपश्चिममा आईतबार पनि सार्वजनिक बिदा
धनगढी – सुदूरपश्चिममा आईतबार पनि सार्वजनिक विदा दिईएको छ ।
प्रदेश सरकारको २०७८ वैशाख १९ गते बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले गरेको निर्णयअनुसार भोलि (असोज ३१ गते) सार्वजनिक विदा दिएको हो ।
मन्त्रिपरिषद्को बैठकले गरेको निर्णयअनुसार सार्वजनिक बिदा सम्बन्धि सूचना प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले प्रदेश राजपत्रमा प्रकाशन गरीसकेको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका प्रवक्ता मोहनराज जोशीले जानकारी दिए ।
संघीय सरकारले यो वर्ष असोज २६ गते मंगलबारदेखि असोज ३० गते शनिबारसम्म ५ दिन दसैं बिदा दिएको थियो । सुदूरपश्चिम प्रदेश सरकारले असोज ३१ गते दसैँकै अवसरमा थप एक दिन बिदा दिएको हो ।