खाेज्नुहाेस

बडादसैँले प्रदेशबासीलाई एकताको सुत्रमा बाध्ने : मुख्यमन्त्री भट्ट

Image

कञ्चनपुर – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले बहुजातीय, बहुभाषिक, बहुधार्मिक एवं बहुसांस्कृतिक विविधताले भरिपूर्ण सुदूरपश्चिम प्रदेशवासीहरुलाई बडादसैँले एकताको सूत्रमा आबद्ध गरी विविधताका बीच एकता कायम गर्ने बताएका छन् ।

प्रदेशवासीका नाममा शुभकामना सन्देश जारी गर्दै उनले बडादसैँले धार्मिक सहिष्णुता, आपसी सद्भाव, भ्रातृत्व कायम गरी एकापसमा खुसियाली साटासाट गर्ने अवसर प्रदान गर्ने बताए ।

attariya hospital
navjiwan hospital

विश्वव्यापी रुपमा रहेको कोभिड–१९ का कारण अझै सहज रुपमा चाडपर्व मनाउने अवस्था नभएको सन्दर्भमा स्वास्थ्य सुरक्षाका सबै प्रकारका मापदण्डहरुको पालना गरी चाडपर्व मनाउन उहाँले प्रदेशवासीलाई अपिल गरे ।

डादसैँले आपसी, समझदारी, बन्धुत्व, सामाजिक सद्भाव तथा पारिवारिक सुमधुर सम्बन्ध कायम गर्न सघाउ पु¥याउने शुभेच्छासमेत उनले व्यक्त गरे ।

रासस