मुगु बस दुर्घटनाको छानविनका लागी समिति गठन

काठमाडौँ – मुगुमा मंगलबार भएको बस दुर्घटनाको छानबिन गर्न समिति गठन गरिएको छ ।

maya metro hospital

कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले बस दुर्घटनाको सत्यतथ्य पत्ता लगाई १० दिनभित्र प्रतिवेदन पेस गर्न समिति गठन गरेको हो ।
प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वीरेन्द्रवीर विश्वकर्माको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

समितिले घटनाको अनुसन्धान प्रतिवेदन तयार गरी प्रदेश प्रहरी प्रमुख एवं प्रहरी नायब महानिरीक्षक गणेशबहादुर ऐरसमक्ष पेस गर्नेछ । चालकको सिटमुनिको टायर पङ्चर भई दुर्घटना भएको प्रारम्भिक अनुमान गरिए पनि छानबिन समितिको स्थलगत अनुसन्धान प्रतिवेदनका आधारमा वास्तविक कारण पत्ता लाग्ने प्रहरी नायब महानिरीक्षक ऐरले बताए । उनले बस, सडक वा चालक कसको के कमजोरीका कारण दुर्घटना हुन पुग्यो भन्ने बारेमा अध्ययन हुने बताए ।

attariya hospital

समितिमा प्रदेश प्रहरी कार्यालयका प्रहरी निरीक्षक जीवन लामिछाने र प्रदेश ट्राफिक प्रहरी कार्यालयका हबल्दार हरि लामिछाने सदस्य छन् ।

नेपालगञ्जबाट मुगु सदरमुकाम गमगढी जाँदै गरेको छायाँनाथ रारा यातायात प्रालिद्वारा सञ्चालित भे१ख ३१६७ नम्बरको उक्त बस मंगलबार जुम्ला–मुगु सडक खण्डमा पर्ने पिनातपने खोलामा दुर्घटना भएको थियो । दुर्घटनामा ३२ जनाको मृत्यु हुनुका साथै १३ जना घाइते भएका थिए ।

EDV bipin Stationary
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.