खाेज्नुहाेस

अत्तरियामा तेस्रो संस्करणको गौरीशंकर फुटबल प्रतियोगीता आयोजना हुने

Image

अत्तरिया – कैलालीको अत्तरियामा तेस्रो संस्करणको खुल्ला गौरीशंकर फुटबल प्रतियोगीता आयोजना हुने भएको छ ।

दशै तिहारलाई लक्षित गरी ‘खेलकुदको विकाशले नै उन्नत समाज र देशको विकाश गर्न सकिन्छ’ भन्ने मुल नाराका साथ गोदावरी नगरपालिका वडा नं. २ तेघरीमा रहेको गौरीशंकर टोल सुधार संस्थाले प्रतियोगीताको आयोजना गर्ने भएको हो । बिहिबार आयोजक संस्थाले पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगीताको बारेमा जानकारी दिएको छ ।

attariya hospital

यही कार्तिक २ गतेदेखी ७ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगीताको प्रथम पुरस्कार नगद रु. ५० हजार सहित ट्रफि, मेडल र प्रमाणपत्र र द्धितिय पुरस्कार नगद रु. २५ हजार सहित ट्रफि, मेडल र प्रमाणपत्र रहेको प्रतियोगीताका संयोजक लोकेन्द्र साउँदले जानकारी दिए ।
यसैगरी प्रतियोगीताको उत्कृष्ट विधाका ५ खेलाडीलाई पनि आर्कषक पुरस्कारको व्यवस्था रहेको तथा प्रत्येक खेलको म्यान अफ द म्याचलाई नगद रु. ५ सय रुपैया पुरस्कार रहेको उनले बताए ।

प्रतियोगीतामा १२ वटा टिमको सहभागीता रहने बताउदै उनले प्रतियोगीता सञ्चालनको लागी करिब ३ लाख खर्च लाग्ने बताए । फिफा नियमबाट खेलाईने उक्त प्रतियोगीता नकआउट प्रणालीमा खेलाईने उनले बताए ।

navjiwan hospital

पत्रकार सम्मेलनमा बोल्दै गोदावरी नगरपालिका वडा नं. २ का वडासदस्य कमल कडायतले खेलकुद स्वास्थ्यका लागी महत्वपुर्ण भएको बताए । उनले यस्ता प्रतियोगीताहरुले युवाहरुलाई कुलतमा लाग्न बाट पनि बचाउने बताए ।

टोल सुधार संस्थाले विगतका दिनदेखी नै युवालक्षित कार्यक्रमहरु आयोजना गर्दै आएको बताउदै उनले आगामी दिनहरुमा पनि यस्ता युवामुखी कार्यक्रमहरु गर्दै जाने अपेक्षा लिएको बताए ।

उनले धनराशीलाई लक्षित गर्नुभन्दा पनि खेललाई व्यवस्थीत र मर्यादित बनाउन जरुरी रहने बताए । उनले प्रतियोगीता सञ्चालनको लागी आफुले पनि सक्दो सहयोग गर्ने बताए ।

यसैगरी संस्थाका अध्यक्ष पदम ओझाले आफ्नो गाउँ आफै बनाउ भन्ने मन्त्रलाई आत्मसाथ गर्दै टोलसुधार संस्थाले प्रतियोगीताको आयोजना गरेको बताए । उनले नगरका सबै टोलहरुले समृद्धिका कार्यहरु गरे नगर आफै समृद्ध बन्ने बताए ।

एउटा टोल सुधार संस्थाले ५० हजार पुरस्कार राशीको प्रतियोगीता राख्नु सामान्य कुरा नभएको बताउदै उनले उक्त प्रतियोगीतालाई व्यवस्थीत रुपमा सम्पन्न गर्न टोलका सबैको भुमिका उत्तिकै महत्वपुर्ण रहने बताए । उनले टोलको विकाशका लागी सबैले अग्रसर हुन जरुरी रहेको बताए ।