कञ्चनपुर – निर्माणाधिन नहरमा डुबेर कञ्चनपुरमा एक बालकको मृत्यु भएको छ ।
महाकाली सिँचाइ तेस्रो परियोजनाको निर्माणाधिन नहरमा डुबेर जिल्लाको वेदकोट नगरपालिका –१ हात्तीथलाका १२ वर्षीय शितल बोहराको मृत्यु भएको हो ।
यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।