धनगढी – कैलालीको गोदावरी नगरपालिका – ४ सेल्फीडाडामा जीप र बस एकआपसमा ठोक्किँदा ५ जना घाइते भएका छन ।

अत्तरीयाबाट बैतडीतर्फ जाँदै गरेको से.१ ज. ९२० नम्बरको बोलेरो जीप र बिपरीत दिशा तर्फबाट आउँदै गरेको ना.४ ख. ८४२८ नम्बरको बस एकआपसमा ठोक्किँदा जीपमा सवार ५ जना घाइते भएका हुन् ।

घाईते हुनेमा बैतडीको दशरथचन्द – ९ ग्वाल्लेक बस्ने ३० वर्षका नरेश जोशी, वडा नम्बर ३ का २० वर्षिय बिरेन्द्र नाथ, पाटन नगरपालिका – ९ खोडपेका १८ वर्षिय महेशसिंह भाट, कैलालीको गोदावरी नगरपालिका – ५ गेटाका ६० वर्षिय रामदत्त भट्टराई र कञ्चनपुरको कृष्णपुर – ५ का १८ वर्षिय दीपक जोशी रहेको प्रहरीले जनाएको छ ।
घाइतेको अत्तरीयास्थित पदमा अस्पतालमा उपचार भइरहेको छ ।

















