खाेज्नुहाेस

थ्रिडिभिएलद्धारा शुभकामना आदान प्रदान कार्यक्रम आयोजना

Image

अत्तरिया, २४ असोज- कैलालीको अत्तरियामा स्थापित संस्था थ्रिडिभिएल क्रियशनले शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गरेको छ । आईतबार हिन्दुधर्मावलम्बीहरुको महान पर्व बडादशै तथा तिहारको अवसर पारी संस्थाले कार्यक्रमको आयोजना गरेको हो ।

संस्थाका अध्यक्ष दिपक ओझाको सभापत्विमा आयोजित कार्यक्रमका प्रमुख अतिथि गोदावरी नगरपालिका वडा नं. २ का वडाध्यक्ष कृष्णराज जोशी रहेका थिए भने विशिष्ठ अतिथिमा दुर्गालक्ष्मी बहुमुखी क्याम्पसका प्रमुख डम्बर पाल रहेका थिए । कार्यक्रममा बोल्दै वडाध्यक्ष जोशीले युवाहरुको जमातले नै समाज परिवर्तनका विभिन्न कार्यहरु गर्दै आएका बताए ।

attariya hospital
navjiwan hospital

उनले अत्तरियाक्षेत्रमा स्थापित थ्रिडिभिएल क्रियशनका युवाहरुले पनि समाजका विभिन्न सामाजिक कार्यहरुको नेतृत्व गर्दै आएको बताए । संस्थाले प्राय सुदूरपश्चिमका विभिन्न स्थानियतहहरुमा आफ्नो कार्यक्षेत्र विस्तार गरिसकेको बताउदै उनले सामाजिक कार्यका लागी अग्रसर युवाहरुको जमातले गर्दै आएको सामाजिक कार्यमा सबैको सहयोग अनिवार्य रहेको बताए ।

उनले कोरोना महामारीका बिच पनि अहोरात्र रुपमा खटिएका संस्थाका युवाहरुको कार्य देखेर आफु एकदमै हर्षित भएको बताए । ‘सबे कोरोना महामारीका बेला घरभन्दा बाहिर निस्कन डराईरहेको अवस्था थियो’ उनले भने ‘तर यो थ्रिडिभिएलका युवाहरु भने आफ्नो ज्यानको पर्वाह नगरी कोरोनाका कारण समस्यामा परेका वर्गको उद्धारमा खटिईरहे, यस्ता युवाहरुले नै देशलाई समृद्ध बनाउन सक्छन ।’

यस्तै कार्यक्रमका विशिष्ठ अतिथि दुर्गालक्ष्मी बहुमुखी क्याम्पसका प्रमुख डम्बर पालले संस्थाले छोटो समयमा नै महत्वपुणर् कार्य गरेको बताए । उनले संस्थालाई उचाईमा पुर्‍याउन यस्तै विभिन्न सामाजिक कार्यहरु गर्दै जानुपर्ने बताउदै आफ्नो तर्फबाट गर्न सकिने सम्पुणर् सहयोग गर्ने बताए ।
यसैगरी संस्थाका अध्यक्ष दिपक ओझाले युवाहरुलाई सामाजिक कार्यमा अग्रसर गराउन र नकारात्मक गतिविधिको अन्त्यका लागी संस्थाको स्थापना गरिएको बताए ।

उनले केही युवाहरुको जमातबाट सुरु भएको संस्थामा हाल प्रदेशका विभिन्न जिल्लाका युवाहरुलाई जोड्दै गईरहेको बताए । आफुहरु सिक्ने क्रममा रहेकाले हालसम्म भएका गल्तीकमजोरीहरुलाई सच्याउदै आगामी दिनमा अझै संस्थालाई सफलता प्रदान गर्न निरन्तर खटिईरहने उनले बताए ।
कार्यक्रममा विभिन्न संस्थामा आवद्ध व्यक्तित्वहरुको सहभागीता रहेको थियो । संस्थाका कोषाध्यक्ष क्षितिज साउँदले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रमको सञ्चालन संस्थाका सचिव एलआर ओझाले गरेका थिए ।