खाेज्नुहाेस

सेतीमा १४ कोरोना संक्रमित थपिए, ४ संक्रमितको उपचार हुँदै

Image

अत्तरिया – सेती प्रादेशिक अस्पतालमा गरेको कोरोना परिक्षणमा थप १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ७१ नमूनाको कोरोना परिक्षण गर्दा १४ जनामा संक्रमण पुष्टि भएको हो ।

हालसम्म सेतीमा १ लाख १६ हजार ३३ नमूनाको कोरोना परिक्षण गर्दा २० हजार ७ सय २५ नमूनामा संक्रमण पुष्टि भएको छ ।

attariya hospital
navjiwan hospital

अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार हाल अस्पतालमा ४ कोरोना संक्रमित उपचाररत रहेका छन । जसमध्ये ३ कोरोना संक्रमितको आइसियुमा उपचार भइरहेको छ ।

सेतीमा दोस्रो लहरको कोरोना संक्रमण फैलिएयता १ हजार ५ सय ३१ कोरोना संक्रमित उपचारका लागि भर्ना भएका थिए । जसमध्ये १ हजार ३ सय २९ जना उपचार पछि घर फर्किएका छन ।

उपचारका लागि अस्पताल भर्ना भएका मध्ये १ सय ९८ जनाको मृत्यु भएको अस्पतालले जनाएको छ ।