धनगढी – गायक गणेश ओझाको दशैं तिहार लोक देउडा गित ‘दाई परदेशी’ सार्वजनिक भएको छ । चर्चित गायक भुवन दाहाल र गायक ओझाको स्वरमा रहेको दशैँ तिहार विशेष ‘दाई परदेशी’ गीत सार्वजनिक भएको हो ।
उक्त गितमा आर्थिक अवस्था कमजोर भएका परिवारले चाडपर्व हर्सोल्लासका साथ कहिल्यै मनाउन नसकेको यथार्थ चित्रण गरिएको छ । कथागत रूपमा तयार पारिएको यो गितको निर्देशन सुरेन्द्र संगमले गरेका छन ।


साधक रेकर्डिङ स्टुडियो धनगढीमा रेकर्ड भएको उक्त गीतको एरेन्ज संगीतकार शिशिर साधकले गरेका हुन् । गीतमा चक्र बिस्ट, रितीक रोशन, डिल्लीराज ओझा र सरु रानीको अभिनय गरेका छन ।
श्री राम फिलिम्सको दृश्य निर्माणमा तयार गरिएको उक्त गीतको छायांकन एवं सम्पादन अमित बिकले गरेका हुन ।



















