खाेज्नुहाेस

सुदूरपश्चिममा २ हजार बढीको कोरोना परिक्षण गर्दा ११ संक्रमित थपिए

Image

अत्तरिया – सुदूरपश्चिम प्रदेशमा बिहिबार थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा २ हजार ३५ नमूनाको कोरोना परिक्षण गरिएकोमा ११ जनामा संक्रमण पुष्टि भएको हो ।

navjiwan hospital

स्वास्थ्य निर्देशनालय डोटीका अनुसार एन्टिजेन बिधिबाट १ हजार ९ सय ७१ नमूनाको कोरोना परिक्षण गर्दा २ जना र ६४ नमूनाको पीसीआर बिधिबाट कोरोना परिक्षण गर्दा ९ जनामा संक्रमण पुष्टि भएको छ । यो संगै कोरोना संक्रमितको संख्या ४७ हजार ३ सय ९० पुगको छ ।

attariya hospital

यस्तै पछिल्लो २४ घण्टामा प्रदेशभरी १५ जनाले कोरोना जितेका छन । यो संगै प्रदेशमा कोरोना जित्नेको संख्या ३७ हजार ४ सय ३२ पुगेको छ ।