खाेज्नुहाेस

अत्तरिया बसपार्क लगायतका क्षेत्रमा चेकजाँच गर्न तालिम प्राप्त कुकुर प्रयोग

Image

धनगढी – चाडपर्वमा हुने सुरक्षा चुनैतीलाई मध्यनजर गरी कैलालीमा चेकजाँचका लागि कुकुर परिचालन गरिएको छ । प्रहरीले सीमा नाका तथा बसपार्क क्षेत्रमा चेकजाँचमा तालिम प्राप्त कुकुरको प्रयोग गरेको हो ।

navjiwan hospital

दशैँ, तिहार र छठ पर्वका बेला सीमा नाकाबाट हातहतियार र लागुऔषध जस्ता वस्तुको ओसारपसार हुन सक्ने कुरालाई मध्यनजर गर्दै चेकजाँचमा कुकुर परिचालन गरिएको कैलालीका प्रमुख प्रहरी नायब उपरीक्षक (एसपी) विश्व अधिकारीले बताए ।

attariya hospital

उनले अत्तरिया बसपार्क, धनगढी बसपार्क र गौरीफन्टा नाकामा तालिम प्राप्त कुकुरको प्रयोग गरेर चेकजाँच गर्न थालिएको जानकारी दिए ।

एसपी अधिकारीले यी क्षेत्रमा मंगलबार देखि दैनिक कुकुर मार्फत चेकजाँच गरिरहेको बताए । दशैँ, तिहार तथा छठ पर्वलाई लक्षित गरेर बनाइएको सुरक्षा योजना अनुसार जिल्लाभर नै कडाइ गरिएको एसपी अधिकारीले बताए ।