खाेज्नुहाेस

कञ्चनपुरबाट एक अजिङ्गरको उद्दार

Image
navjiwan hospital

धनगढी – कञ्चनपुरमा एक अजिङ्गरको उद्दार गरिएको छ। सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेडक्वाटर शैलेश्वरी कञ्चनपुर मातहत बोडर आउट पोष्ट बयलबन्दाबाट खटीएको गस्ति टोलीले जिल्ला कञ्चनपुर दोधराचादँनी नगरपालिका १ भुमिराजटोलबाट अन्दाजी ८ फिट लामो अजिङ्गरको उद्दार गरेको हो।

अजिङ्गरका उद्धार गरी शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज पोष्ट दोधाराका रेन्जर कबिराज बोहराको जिम्मा लगाइएको गणले जनाएको छ।
रासस

attariya hospital