खाेज्नुहाेस

सेती कोरोना अपडेट : ५ संक्रमित थपिए, ५ डिस्चार्ज

Image

अत्तरिया – सेती प्रादेशिक अस्पतालमा गरिएको कोरोना परिक्षणमा थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ६४ नमूनाको कोरोना परिक्षण गर्दा ५ जनामा संक्रमण पुष्टि भएको हो ।

navjiwan hospital

अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार पछिल्लो २४ घण्टामा ५ कोरोना संक्रमित अस्पतालबाट डिस्चार्ज भएका छन । संक्रमित भई उपचारका लागि अस्पताल भर्ना भएका ५ जनाले कोरोना जितेपछि उनीहरुलाई होम आइसोलेसनमा पठाइएको हो ।

attariya hospital

अस्पतालमा हाल ८ जना कोरोना संक्रमित उपचाररत रहेका छन । जसमध्ये ३ कोरोना संक्रमितको आईसियु र १ कोरोना संक्रमितको भेन्टिलेटरमा उपचार भइरहेको छ ।