खाेज्नुहाेस

अत्तरिया बजारमा अनुगमन भएन

Image

अत्तरिया – नेपालको सविधान २०७२ को अनुसूची – ८ बमोजिम उपभोत्ता हित संरक्षणार्थ बजार अनुगमनको जिम्मेवारी स्थानिय तहलाई तोकिएको छ ।

सोही अनुसार कैलालीको गोदावरी नगरपालिकाले पनि ‘गोदावरी नगरपालिकाबाट गरिने बजार अनुगमन निर्देशिका २०७५’ बनाएको छ । निर्देशिकामा नगरस्तरिय उपभोक्ता हित संरक्षण समिति बनाउने र त्यसले नै बजार अनुगमन कार्यलाई मार्गदर्शन एवम् समन्वय गर्ने उल्लेख छ ।

attariya hospital

निर्देशिकामा उपभोक्ता हित संरक्षण समितिको बैठक प्रत्येक महिना अनिवार्य रुपमा बस्नुपर्ने, गुणस्तरीय उपभोग्य बस्तु तथा सेवाको सहज र सर्वसुलभ आपूर्ति हुने वातावरणको सुनिश्चितता सहित उपभोक्ता हक र हितको संरक्षण गर्न उपभोक्ता हित संरक्षण शाखा÷इकाइ÷डेक्सको व्यवस्था गरी नियमित र प्रभावकारी बजार अनुगमनको व्यवस्था गर्ने उल्लेख छ ।

निर्देशिकामा उपभोक्ताको हक अधिकारका लागि निकै राम्रा प्रावधान राखिएपनि ति प्रावधान अझै पनि व्यवहारमा लागु भने हुन सकेका छैनन् ।

नगरपालिकाले चाडपर्व लक्षित मात्रै नभएर बर्षभरी नियमित रुपमा अनुगमन गर्ने बताउने गरेको भएपनि यस बर्ष भने दशैं नजिकिदा पनि अनुगमन हुन सकेको छैन ।

चाडपर्वको अनुगमन प्रभावहीन

चाडपर्वको बेला बजार बढी चलायमान हुने भएकाले कालोबजारी, म्याद नाघेका अखाद्य वस्तु बिक्री वितरण हुने सम्भावना बढी हुन्छ ।
सामान्य अवस्था भन्दा यो समयमा बढी बजारमा निगरानी राख्न आवश्यक छ । तर, चाडपर्वमा हुने अनुगमनका क्रममा प्रक्रिया मात्रै पु¥याउने, खासै कारवाही नगरीने भएकाले अनुगमन प्रभावहीन बन्ने गरेका छन ।

navjiwan hospital

अत्तरिया उद्योग बाणिज्य संघका अध्यक्ष अशोक राज देवकोटाले चाडपर्वका बेला गरिने अनुगमन व्यवसायीलाई तर्साउने काम मात्रै भएको बताए । ‘व्यवसायी अनुगमनका पक्षमा छन तर नियमित हुनुप-यो’ उनले भने ‘अहिले कोरोना महामारीमा थलिएको बजार चलायमान हुने क्रममा रहेको अवस्थामा अनुगमनका नाममा दुःख दिनु गलत हो ।’

उनले अरु समयमा नियमित अनुगमन गरेर चाडपर्वका समयमा व्यवसायिका लागि सचेतनामुलक कार्यक्रम चलाउन उपयुक्त हुने बताए । ‘चाडपर्वको समयमा स्थानिय सरकार, उपभोक्ता हित संरक्षण समितिले व्यवसायिका बिच सहकार्य गरेर व्यवसायिलाई सजक गराउन बजारमा माईकिङ गर्नुपर्छ’ उनले भने ‘सजक सचेत नगराई एक्कासी बजारमा अनुगमन गर्नुमा हाम्रो आपत्ति छ ।’

उनले अत्तरियाका होटल, किराना, खाध्यान्न पसलमा गत बर्षको दशैंमा अनुगमन गरिएपनि त्यसयता अनुगमन नगरिएको बताए ।
अत्तरिया होटल व्यवसायी संघकी अध्यक्ष धना चोखालले अत्तरियामा गत बर्ष अनुगमन भएपनि यो बर्ष भने अहिले सम्म अनुगमन नभएको बताईन् ।

उनले चाडपर्वको समयमा अखाध्य वस्तुको विक्रितिरण बढी हुने सम्भावना भएकाले बजार अनुगमन गर्न आवश्यक रहेको बताईन् । ‘दशैं तिहारको समयमा कसैले वदमासी गरेर अखाध्य वस्तु विक्री वितरण गरे मानिसहरुको स्वास्थ्यमा समस्या पर्न सक्छ’ उनले भनीन ‘स्वच्छ वस्तु उपभोक्तामा सम्म पुगोस भन्ने सुनिश्चितताका लागि अनुगमन गर्नु राम्रो नै हो । तर चाडपर्वमा मात्रै नभएर नियमित अनुगमन हुनुपर्छ ।’

छड्के अनुगमन नियमित भइरहेको छ, अब मासिक अनुगमन हुन्छ

उता उपभोक्ता हित संरक्षण समितीकी संयोजक तथा गोदावरी नगरपालीकाकी उप प्रमुख रत्ना कडायतले भने नगरपालिकाले छड्के अनुगमनको लागि जिल्लाको टोलीलाई बोलाएर नियमित अनुगमन गर्दै आएको बताइन् ।

उनले आगामी दिनमा भने नगरबाटै मासिक अनुगमन गर्न सोमबार बैठक बसेर निर्णय गरिने बताईन् । ‘अब दशै तिहारमा मात्रै नभएर मासिक रुपमा बजार अनुगमन गर्ने गरी अगाडी बढ्छौ’ उनले भनीन् ‘जिल्ला स्तरबाट पनि बाणिज्य कार्यालय, खाध्य प्रबिधि तथा गुण नियन्त्रण कार्यालयले अनुगमन गरिरहने भएकाले हामीले मासिक अनुगमन नगरेका हौ ।’

उनले जिल्लाले गरेको अनुगमन पनि नगरले गरे सरहनै भएको बताइन् । ‘अस्ती तिन महिना अगाडी पनि हामीले कृषिको अनुगमन गरेका थियौ’ उनले भनीन् ‘छड्के अनुगमन प्राय भइरहेको छ ।

अब दशैको अनुगमन भन्दा पनि नियमित अनुगमन नै हुन्छ ।’ उनले कोरोना महामारीका कारण पनि अनुगमन केही प्रभावित भएको बताइन् ।