अत्तरिया – सेती प्रादेशिक अस्पतालमा गरिएको कोरोना परिक्षणमा थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ९१ नमूनाको पीसीआर बिधिबाट कोरोना परिक्षण गर्दा १८ जनामा संक्रमण पुष्टि भएको हो ।

सेतीमा हालसम्म १ लाख १५ हजार ८ सय ३ नमूनाको कोरोना परिक्षण गरिएकोमा २० हजार ६ सय ८६ नमूनामा संक्रमण पुष्टि भएको छ ।
अस्पतालका सूचना अधिकार दिलिप कुमार श्रेष्ठका अनुसार पछिल्लो २४ घण्टामा २ कोरोना संक्रमित उपचारका लागि अस्पताल भर्ना भएका छन ।

हाल सेतीमा १२ जना कोरोना संक्रमित उपचाररत रहेका छन । जसमध्ये ५ जनाको आइसियु र ३ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।
दोश्रो लहरको कोरोना संक्रमण फैलिएयता हालसम्म सेतीमा कोरोना उपचारका लागि १ हजार ५ सय २७ जना भर्ना भएका छन । जसमध्ये १ हजार ३ सय १७ जना उपचार पछि निको भएका छन भने १ सय ९८ जनाको उपचारका क्रममा मृत्यु भएको छ ।
















