अत्तरिया – महालक्ष्मी लाईफ ईन्स्योरेन्स कम्पनि लिमिटेडले आफ्ना अभिकर्ताहरुका लागी तालीम तथा अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ ।
आईतबार कम्पनिका सहायक सिईओ कमल पन्थीको प्रमुख आतिथ्यमा महालक्ष्मी लाईफ ईन्स्योरेन्स कम्पनि लिमिटेड अत्तरिया शाखाले कार्यक्रमको आयोजना गरेको हो ।


कार्यक्रममा सहायक सिईओ पन्थीले अभिकर्ताहरुलाई जिबन बिमाका बारेमा जानकारी दिनुका साथै मानव जिवनमा बिमाको महत्वका बारेमा प्रष्ट पारेका थिए ।
उनले कार्यक्रमका सहभागीहरुलाई जिवन बिमाले मानिसलाई भविष्यका लागी योजना बनाउन सहज गर्ने बताए । उनले बिमाले आफ्नो तथा परिवारको भविष्य सुरक्षित बनाउन मद्दत गर्ने समेत बताए ।
कम्पनिका अत्तरिया शाखा प्रमुख भरत कोलीले अभिकर्ताहरुलाई बिमा प्रति उत्प्रेरित गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताए ।
उनले अभिकर्ताहरुले तालीम लिईसकेपश्चात जिवन बिमाका बारेमा आम सर्वसाधारणलाई सही तरिकाले जानकारी दिन सक्ने विश्वास व्यक्त गरे । कार्यक्रममा करिब ३० जना अभिकर्ताहरुको सहभागीता रहेको थियो ।


















