खाेज्नुहाेस

निर्वाचन अधिकृत सम्पर्कविहिन भएपछि आज हुने कांग्रेस बझाङको निर्वाचन अन्यौलमा 

Image

बझाङ – निर्वाचन अधिकृत नै सम्पर्कविहिन भएपछि आज हुने भनिएको कांग्रेस बझाङको जिल्ला निर्वाचन अन्योलमा परेको छ । बिहान ९ बजेबाट हुने भनिएको निर्वाचन अधिकृत चेतराज भट्ट सम्पर्क बिहिन भएपछि अन्योलमा परेको हो ।

महाधिवेशनमा खटाइएका निर्वाचन अधिकृत भट्ट सम्पर्कविहीन सम्पर्कविहीन बनेपछि अन्यौलमा परेको जिल्लाको निर्वाचन कसरी अगाडि बढाउने भन्नेबारे अहिले दुवै पक्षका नेताहरुको बैठक बसिरहेको कांग्रेसका नेता चेतराज बजालले बताए । उनले बैठक बसिरहेको र अर्को निर्वाचन अधिकृत बनाएपछि निर्वाचन नरोकिने जानकारी दिए ।

attariya hospital

जिल्लामा रमेश भण्डारी र खडकबहादुर बोहरा सभापति रहेका २ प्यानल निर्वाचन होमिएका छन् । निर्वाचन हुने भएपछि जिल्लाभरिका कांग्रेसका नेता तथा कार्यकर्ता सदरमुकाम चैनपुर भित्रिसकेका छन् ।

navjiwan hospital

जिल्लाभरि कांग्रेसका झण्डै १ हजार ६ सय मतदाता रहेका छन । कांग्रेसको जिल्ला अधिवेशन चलिरहँदा सदरमुकाम चैनपुरमा नेपाली कांग्रेस निकट कार्यकर्ताहरुको भीडभाड भने निकै बढेको देखिन्छ ।

जिल्ला निर्वाचनमा नेता नरेशबहादुर सिंह र पृथ्वीबहादुर सिंहले रमेश भण्डारी सभापति रहेको प्यानललाई सघाउने र खडकबहादुर बोहरा सभापति रेहको प्यानललाई अर्जुन जंगबहादुर सिंह, सत्यराज भण्डारी, सुरेश मल्ल, चन्दा जोशीलगायतका नेताहरुले सघाएको बुझिएको छ ।

कांग्रेसले महाधिवेशनअन्तर्गत गाउँपालिका र नगरपालिका अधिवेशन यही असोज ९ गते, प्रदेशसभा क्षेत्रीय अधिवेशन असोज १२ गते र प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन–एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज १५ गते निर्धारण गरेको थियो ।

त्यस्तै, एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज १८ गते, प्रदेश अधिवेशन कात्तिक १० देखि १२ गतेसम्म र केन्द्रीय महाधिवेशन आगामी मंसिर ९ देखि १३ गतेसम्म गरेको थियो ।