अत्तरिया – कैलालिको धनगढी उपमहानगरपालिका -११ बेलामा रहेको बेलापुर धाम मा ज्येष्ठ नागरिक सम्मान कार्यक्रम को आयोजना गरिएको छ ।
अन्तररास्ट्रीय ज्येष्ठ नागरिक दिवसको अवसर पारि सिटिजन लाइफ इन्स्योरेन्स को आर्थिक सहयोगमा लायन्स क्लब अफ धनगढी सुन्दर पश्चिमले कार्यक्रम को आयोजना गरेको हो ।


बेलापुर धाम ब्यवस्थापन समितिका अध्यक्ष कबिराज जोशी को सभापतित्वमा आयोजित कार्यक्रम का प्रमुख अतिथी समाजसेवी एवम उद्योगपति लक्ष्मण बहादुर खड्का प्रमुख अतिथी रहेका थिए ।
कार्यक्रम मा सिटिजन लाइफ इन्स्योरेन्स का श्रेत्रिय शाखा प्रमुख गंगाराम जोशी, लायन्स क्लब अफ धनगढी सुन्दर पश्चिम का प्रथम उपाध्यक्ष डिकेन्द्र कुवँरले ज्येष्ठ नागरिक हरुको सम्मान मा आफ्ना धारणा राखेका थिए ।
कार्यक्रममा २५ जना ज्येष्ठ नागरिक हरुलाइ सम्मान गरिएको थियो ।


















