खाेज्नुहाेस

गोदावरी ७ को वडा कार्यालयमा लगाइएको ताला खुल्यो

Image

अत्तरिया – कैलालीको गोदावरी नगरपालिका –७ को वडा कार्यालयमा लगाएको ताला खोलिएको छ । स्थानीय माइलस्टोन युवा क्लबले २ बुदे माग राख्दै शुक्रबार दिउँसो वडा कार्यालयमा गरेको तालाबन्दी छलफलका आधारमा टुङ्ग्याउने सहमति पछि साँझ खोलिएको हो ।

क्लबले खेलकुद मैदान र क्लवको भवन निर्माणका लागि बजेट विनियोजन गर्नुपर्ने माग राख्दै तालाबन्दी गरको थियो ।

attariya hospital
navjiwan hospital

क्लवका अध्यक्ष डिल्ली राज भट्टले वितग ४ बर्ष देखि क्लवको खेल मैदान र भवन निर्माणका लागि बजेट विनियोजन गरिदिन माग गर्दा पनि बेवास्ता गरेका कारण बाध्य भएर तालाबन्दी गरिएको भएपनि कार्तिक ३ गते दुवै पक्ष बसेर छलफल गर्ने बताएपछि ताला खोलिएको बताए ।

उनले भने ‘३ गते वडाका जनप्रतिनिधि र क्लवका पदाधिकारी बसेर छलफल गर्ने र त्यही आधारमा निर्णय गर्ने सहमति भएपछि ताला खोलेका हौ ।’

वडाअध्यक्ष हेम राज ओझाले दशैंपछि वडाका पाँचै जना जनप्रतिनिधि बसेर छलफल गर्ने सहमतिपछि ताला खोलिएको बताए । उनले माग पुरा हुने नहुने कुरा छलफलबाटै थाहा हुने बताए ।

सम्बन्धित खबर : ४ बर्षदेखि माग पुरा नगरेको भन्दै गोदावरी –७ को वडा कार्यालयमा तालाबन्दी